Jaha Jaha Janu

जहाँ-जहाँ जानुपर्थ्यो त्यहीँ-त्यहींँ धाएँ
"माया पाऊँ, न्याय पाऊँ," हात जोडी गाएँ
मौका पाए अरूले नै
मौका पाए अरूले नै, मार मैले पाएँ
प्रेम जिते अरूले नै, हार मैले खाएँ
जहाँ-जहाँ जानुपर्थ्यो त्यहीँ-त्यहींँ धाएँ
"माया पाऊँ, न्याय पाऊँ," हात जोडी गाएँ

जता हेऱ्यो उतै भेटे मानिसहरू जाली
जता हेऱ्यो उतै भेटे मानिसहरू जाली
आसैआसमा झुन्डिएर भएँ खालीखाली
छातीभित्र आशा बोकी, ओ
छातीभित्र आशा बोकी ढुकढुकीमा साँचेँ
"मौका आउला मेरो" भनी दिन गन्दै बाँचेँ

जहाँ-जहाँ जानुपर्थ्यो त्यहीँ-त्यहींँ धाएँ
"माया पाऊँ, न्याय पाऊँ," हात जोडी गाएँ

छातीभित्र वेदनाको आगैआगो बल्छ
छातीभित्र वेदनाको आगैआगो बल्छ
प्रतीक्षाको थकानले सारा जीउ गल्छ
इमानमा बाँच्ने मान्छे, हो
इमानमा बाँच्ने मान्छे यसरी नै जल्छ
धोका दिने माथि चढ्छ, सोझो तलै ढल्छ

जहाँ-जहाँ जानुपर्थ्यो त्यहीँ-त्यहींँ धाएँ
"माया पाऊँ, न्याय पाऊँ," हात जोडी गाएँ
मौका पाए अरूले नै
मौका पाए अरूले नै, मार मैले पाएँ
प्रेम जिते अरूले नै, हार मैले खाएँ
जहाँ-जहाँ जानुपर्थ्यो त्यहीँ-त्यहींँ धाएँ
"माया पाऊँ, न्याय पाऊँ," हात जोडी गाएँ



Credits
Writer(s): Shila Bahadur Moktan, Taranath Sharma
Lyrics powered by www.musixmatch.com

Link