Jharera Phooleko

झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी
झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी

सहरतिर नौलो माया भेटिएर हो कि कुन्नि
रोदीघरमा लाको माया मेटिएर हो कि कुन्नि
सहरतिर नौलो माया भेटिएर हो कि कुन्नि
रोदीघरमा लाको माया मेटिएर हो कि कुन्नि
हिजोआज चिठीपत्र आएको नि छैन
घरको पनि भइन म त, घाटको पनि भइन

म दुखेको मान्छे, म लुकेको खानी
पढेर भुलेको म एउटा कहानी
झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी

तनै टाढा भयो क्यारे, मनै टाढा भयो क्यारे
नफर्कने बाटो गरी धेरै टाढा गयो क्यारे
तनै टाढा भयो क्यारे, मनै टाढा भयो क्यारे
नफर्कने बाटो गरी धेरै टाढा गयो क्यारे
पारि कतै आकाशमा एउटा तारा खस्यो
त्यही तारासित आज मेरो सारा खस्यो

भयो, भो, नसम्झ, गयो जिन्दगानी
पढेर भुलेको म एउटा कहानी
झरेर फुलेको छहराको पानी
पढेर भुलेको म एउटा कहानी



Credits
Writer(s): Kshetrapratap Adhikari, Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link