Samaya Kati

समय कति बदलिसकेछ
थाहा मैले पाएको छैन
जे हुनु, सबै भइसकेछ
जिन्दगीमा हार खाएको छैन
समय कति बदलिसकेछ

रात त्यसै ढलेर जान्छ, तारालाई गन्दैन कसैले
फूल आफै फुलेर झर्छ, हाँसेर माला उन्दैन कसैले

सम्झना नै अनौठो भइसकेछ
प्यार जवानीमा पाएको छैन, पाएको छैन
समय कति बदलिसकेछ

मुटुभित्र परेको चोट सहनु नै गाह्रो हुन्छ
आजभोलि मायाप्रीति फूलभन्दा साह्रो हुन्छ

जिउँदैमा देह मरिसकेछ
आधार जीवनमा पाएको छैन, पाएको छैन

समय कति बदलिसकेछ
थाहा मैले पाएको छैन
जे हुनु, सबै भइसकेछ
जिन्दगीमा हार खाएको छैन
समय कति बदलिसकेछ



Credits
Lyrics powered by www.musixmatch.com

Link