Deurali Dandaima

देउराली डाँडैमा खाएको कसम, मायालु, भुल्यौ कि?
दुई मुटु हामीले गाँसेका थियौँ, तिमीले भुल्यौ कि?
सम्झना आलै छ नि, माया, चियाबारी घुमेको
वरपीपलजस्तै दुई मुटु साटेको
वरपीपलजस्तै दुई मुटु साटेको
देउराली डाँडैमा खाएको कसम, मायालु, भुल्यौ कि?

आपत्ति गर या स्वीकार, भूल तिम्रै हो
अरूको बाहु समाउनु गल्ती तिम्रै हो
आपत्ति गर या स्वीकार, भूल तिम्रै हो
अरूको बाहु समाउनु गल्ती तिम्रै हो

सम्झना मनमै छ नि, माया, तिमीसँगै हिँडेको
गाउँ-गाउँ, नौलो ठाउँ सँगसँगै डुलेको
गाउँ-गाउँ, नौलो ठाउँ सँगसँगै डुलेको
देउराली डाँडैमा खाएको कसम, मायालु, भुल्यौ कि?

अफसोस गर या दुःख, भूल तिम्रै हो
ओठे जवाफ फर्काउनु गल्ती तिम्रै हो
अफसोस गर या दुःख, भूल तिम्रै हो
ओठे जवाफ फर्काउनु गल्ती तिम्रै हो

सम्झना गाँढै छ नि, माया, हाटबजार घुमेको
नागबेली पाखैमा हातेमालो गरेको
नागबेली पाखैमा हातेमालो गरेको
देउराली डाँडैमा खाएको कसम, मायालु, भुल्यौ कि?
दुई मुटु हामीले गाँसेका थियौँ, तिमीले भुल्यौ कि?

मायालु, भुल्यौ कि?
तिमीले भुल्यौ कि?



Credits
Lyrics powered by www.musixmatch.com

Link