Timro Aakhama Aakha Judhai

यो के भयो मलाई? किन मेरो आँखाले उसलाई खोज्छ?
किन मेरो मनले उसैलाई रोज्छ?
किन उसलाई देखाउन राम्री बन्न मन लाग्छ?
तँलाई माया बस्यो, अञ्जना
यो उमेरमा पनि त्यस्तो हुन्छ र?
मायाले उमेर हेर्दैन, अञ्जना

तिम्रो आँखामा आँखा जुधाई भन्नु छ एउटा कुरा
तिमी बिना आधा छु म, तिम्रो साथ पाए हुन्छु पूरा
तिम्रो आँखामा आँखा जुधाई भन्नु छ एउटा कुरा
तिमी बिना आधा छु म, तिम्रो साथ पाए हुन्छु पूरा

तिमी नै त हौ साथी, मेरो जिउने आधार
तिमीभन्दा टाढा छैन मेरो मायाको संसार

नाइँ नभन्नू, नाइँ नभन्नू, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू, नाइँ नभन्नू, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल

तिमी फूल, म मञ्जरी
तिमी बादल, म झरी
तिमी फूल, म मञ्जरी
तिमी बादल, म झरी
तिमीसँगै रहूँ सधैँसधैँ यसै गरी

तिमी नै त हौ साथी, मेरो जिउने आधार
तिमीभन्दा टाढा छैन मेरो मायाको संसार

नाइँ नभन्नू, नाइँ नभन्नू, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू, नाइँ नभन्नू, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल

म नदी, तिमी किनारा
यो जीवनको तिमी सहारा
हाँ, म नदी, तिमी किनारा
यो जीवनको तिमी सहारा
तिमीलाई पाउँदा पूरा हुन्छन् मेरा सपना सारा

तिमी नै त हौ साथी, मेरो जिउने आधार
तिमीभन्दा टाढा छैन मेरो मायाको संसार

नाइँ नभन्नू, नाइँ नभन्नू, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल
नाइँ नभन्नू, नाइँ नभन्नू, नाइँ नभन्नू ल
नाइँ नभन्नू ल

तिम्रो आँखामा आँखा जुधाई भन्नु छ एउटा कुरा
तिमी बिना आधा छु म, तिम्रो साथ पाए हुन्छु पूरा



Credits
Writer(s): Basanta Sapkota, Dinesh Thapaliya
Lyrics powered by www.musixmatch.com

Link