Satha

चाहँदिन केही कुरा धेरै ठूलो तिम्रोबाट
तर यो साथ तिम्रो पाए हुन्थ्यो
समय छैन अब धेरै बाँचुन्जेल हुनु छ तिम्रै
साथ म छु यहाँ, तिमी कहाँ भइदियौ?

सोचिरहन्छु तिमीलाई अझै पनि
यादमा हराउँछु सम्झेरै तिमीलाई
तर किन यस्तै रैछ हाम्रो जीवनको रङ्गहरू?
टाढा हुँदा ओइली जान्छ भावना

धेरै छ भन्नु कुराहरू अझै पनि
याद गरिदिनू मन है दुखाए पनि
तर किन यस्तै रैछ तिम्रो र मेरो रङ्गहरू?
कालो-सेतो कहिले पनि मिल्नेछैन

चाहँदिन केही कुरा धेरै ठूलो तिम्रोबाट
तर यो साथ तिम्रो पाए हुन्थ्यो
समय छैन अब धेरै बाँचुन्जेल हुनु छ तिम्रै
साथ म छु यहाँ, तिमी कहाँ भइदियौ?



Credits
Lyrics powered by www.musixmatch.com

Link