Aamale Ghas Katdai Garda

आमाले घाँस काट्दै गर्दा

आमाले घाँस काट्दै गर्दा भिरमा जन्मेको मान्छे म
आमाले घाँस काट्दै गर्दा भिरमा जन्मेको मान्छे म
बुढेसकालको सन्तानको पिरमा जन्मेको मान्छे म
आमाले घाँस काट्दै गर्दा

ढिँढो र आटो खाँदै, तातेताते गर्दै बढेँ
बिहान-बेलुका दाउरा बेचीबेची पढेँ
चाडबाड नै कुर्नु पर्थ्यो मिठोमसिनो खान
राम्रो लुगा हुन्नथ्यो मेला घुम्न जान

एक थरी चप्पलमा अर्को तुना हाली
गोठालो जान्थेँ वनमा खल्तीमा नुन हाली
लाँकुरीको बोटमा चढी गाउनु गीत गाएँ
यस्तैयस्तै गरी यहाँसम्म आएँ

आमाले घाँस काट्दै गर्दा भिरमा जन्मेको मान्छे म
बुढेसकालको सन्तानको पिरमा जन्मेको मान्छे म
आमाले घाँस काट्दै गर्दा



Credits
Lyrics powered by www.musixmatch.com

Link