Timile Ni Malai Man Parayeki Hau Ra

तिमीले नि मलाई मन पराएकी हौ र?
हे-हे, मैले जस्तै भन्न मात्रै डराएकी हौ र?
तिमीले नि मलाई मन पराएकी हौ र?
मैले जस्तै भन्न मात्रै डराएकी हौ र?

नमान न लाज, निधो गरौँ आज
आऊ, आऊ बस छेउ

एहोइ, आँखा झिम्काइदेऊ
ओइ-ओइ, आँखा जुधाइदेऊ
मेरो चित्त बुझाइदेऊ
मेरो चित्त बुझाइदेऊ

तिमीले नि मलाई मन पराएकी हौ र?

हो, खोजे पाइएला कि बाहुन गाउँमा कुखुरा, मायाजालका टुकुरा
रातो साबुनको सेतै आउने गाज पनि, नमानेरै लाज पनि
खोजे पाइएला कि बाहुन गाउँमा कुखुरा, मायाजालका टुकुरा
रातो साबुनको सेतै आउने गाज पनि, नमानेरै लाज पनि

आऊ, आऊ बस छेउ

एहोइ, आँखा झिम्काइदेऊ
ओइ-ओइ, आँखा जुधाइदेऊ
मेरो चित्त बुझाइदेऊ
मेरो चित्त बुझाइदेऊ

धन्य आयौ तिमी रातो सल ओढेर, घरको काम छोडेर
पोखरीको पानी कसले लग्यो खोलेर? के काम लाग्यो बोलेर?
धन्य आयौ तिमी, रातो सल ओढेर, घरको काम छोडेर
पोखरीको पानी कसले लग्यो खोलेर? के काम लाग्यो बोलेर?

आऊ न बस छेउ

एहोइ, आँखा झिम्काइदेऊ
ओइ-ओइ, आँखा जुधाइदेऊ
मेरो चित्त बुझाइदेऊ
मेरो चित्त बुझाइदेऊ

तिमीले नि मलाई मन पराएकी हौ र?
हे-हे, मैले जस्तै भन्न मात्रै डराएकी हौ र?
तिमीले नि मलाई मन पराएकी हौ र?
मैले जस्तै भन्न मात्रै डराएकी हौ र?

नमान न लाज, निधो गरौँ आज
आऊ, आऊ बस छेउ

एहोइ, आँखा झिम्काइदेऊ
ओइ-ओइ, आँखा जुधाइदेऊ
मेरो चित्त बुझाइदेऊ
मेरो चित्त बुझाइदेऊ

तिमीले नि मलाई मन पराएकी हौ र?



Credits
Lyrics powered by www.musixmatch.com

Link