Mann Mai

भनेको कुरालाई
किन तिमीले नाकार्यौ
भनेकै थिएँ तिमीलाई
किन मलाई सतायौ
ढाँट्दैन तिम्रा ती आँखाले
मलाई नै हेरि रहेको
चाहन्थ्यौ भने मलाई
किन तिमीले भनेनौ?

बिर्सिदेउ अब हाम्रा ति अतीतलाई
मीठा थिए ति पलहरू तर
राखौँ तिनलाई आफ्नै...
मन मै... मन मै

तिम्रो साथ बिना म
तड्पी मर्छु झैँ लाग्दथ्यो
पीडा भयो धेरै तर,
घट्दै आयो समयसंग
सँधै एउटै कुरामा
अड्किनु राम्रो होइन रे
त्यसैले म अघि बढे,
देखे उनलाई तब मैले

हेर्छिन् मलाई तिमी झैँ,
देखिन्छ तिम्रो झझल्को
लाग्यो मनमा नयाँ चस्को,
पाए जब मुस्कान उसको

धड्किन्छ मुटु, देखेर उनको हेराईलाई
बस्यो कि माया आज फेरि तर
बिझाउने हो कि कतै...
मन मै... मन मै...

बिर्सिए अब हाम्रा ति अतीतलाई
मीठा थिए ति पलहरू तर
राख्छु तिनलाई आफ्नै...
मन मै... मन मै...
मन मै... मन मै...



Credits
Writer(s): Rohit Bomzan
Lyrics powered by www.musixmatch.com

Link