Dekhdai Chhu

देख्दैछु तिम्रो मेरो, माया यो
गहिरिदै गएको
आँखामा तिम्रो मेरो झल्किन्छ
एक-अर्कालाई चाहेको
ओठको तिम्रो मेरो स्पर्ष यो
नजिकीदै गएको
धड्कन यो तिम्रो मेरो
सुनन संगसंगै धड्केको

तिमी हाँस्दा सारा दु:ख
म राख्छु एक कुनामा
अंगाल्छु जब तिमीलाई मैले
पुरा हुन्छ मनको यो चाहना
देख्छु तिम्रो आँखा भित्र
मेरो एउटा सपना
मेरो हात तिम्रो हातको
साथ यो सँधै नै जीवनमा

एकछिन् होइन अनन्तको साथ रहिरहोस्
मन भित्रको कुनामा सँधै नै माया गढिरहोस्
जीवन यो कठिन यात्रा पाइला बढिरहोस्
दु:ख सुख झेलेर जीवनमा संगै हिँड्ने हो।

देख्दै छु तिम्रो हाम्रो सम्बन्ध
बलियो बन्दै गएको
साथमा फुलौँ हामी फुल झैँ
मलिलो माटो मायाको

एकछिन् होइन अनन्तको साथ रहिरहोस्
मन भित्रको कुनामा सँधै नै माया गढिरहोस्
जीवन यो कठिन यात्रा पाइला बढिरहोस्
दु:ख सुख झेलेर जीवनमा संगै हिँड्ने हो।



Credits
Writer(s): Rohit Bomzan
Lyrics powered by www.musixmatch.com

Link