Silsila

सिलसिला
सिलसिला
सिलसिला

फुलिदिन्छ फूलसरि हाम्रो मायाको यो सिलसिला
धड्किदिन्छ मुटुभरि चोखो प्रीतिको यो सिलसिला
ओ, फुलिदिन्छ फूलसरि हाम्रो मायाको यो सिलसिला
ओ, धड्किदिन्छ मुटुभरि चोखो प्रीतिको यो सिलसिला

सिलसिला, सिलसिला, सिलसिला, सिलसिला
चलिरहन्छ सिलसिला, चलिरहन्छ सिलसिला

अजम्बरी हाम्रो नाता, पाएँ मैले तिम्रो साथ
मेरो माया मुटुभित्र सम्हालेरै राख
मन पऱ्यो तिम्रो बानी, सँगै काटौँ जिन्दगानी
जुनी-जुनी, सयौँ जुनी हुन्छु तिम्रै रानी

फुलिदिन्छ फूलसरि हाम्रो मायाको यो सिलसिला
हो, धड्किदिन्छ मुटुभरि चोखो प्रीतिको यो सिलसिला

सिलसिला, सिलसिला, सिलसिला, सिलसिला
चलिरहन्छ सिलसिला, चलिरहन्छ सिलसिला

सोच्छु आँखा बन्द गरी, आउँछौ तिमी सपनाभरि
बोलाउँछौ इसाराले मलाई घरीघरी
पलपल बित्छ घडी, माया हो मिलनको कडी
दुई फूल, एउटै डाली, बसौँ बास्ना छरी

फुलिदिन्छ फूलसरि हाम्रो मायाको यो सिलसिला
ओ, धड्किदिन्छ मुटुभरि चोखो प्रीतिको यो सिलसिला

सिलसिला, सिलसिला, सिलसिला, सिलसिला
चलिरहन्छ सिलसिला, चलिरहन्छ सिलसिला
चलिरहन्छ सिलसिला, चलिरहन्छ सिलसिला



Credits
Writer(s): Dayaram Pandey, Basant Sapkota
Lyrics powered by www.musixmatch.com

Link