Juwari Kotko

जुवारीकोटको उध्र्यौनी, सम्झाउने बिर्साउने
हो, सम्झाउने बिर्साउने
गाउँको खबर के भन्नु? यस्तै कहानी
जोधौँ राजधानी

भुल्नेले, त्यो गाउँ भुली आऊ
सम्झिने साइँला छ-अ
घँगारु काँडा टेकेनि नदुख्ने पाइला छ
बाघभालूसँग लडेर, बाघभालूसँग लडेर
बाँचेको माइला छ, हो, बाँचेको माइला छ

नमरे बाँचे, हैरानी, सम्झाउने बिर्साउने
हो, सम्झाउने बिर्साउने
गाउँको खबर के भन्नु? यस्तै कहानी
जोधौँ राजधानी

टेकेर आए, नफर्के, त्यही गाउँ धस्किने, हो
पटुकी पेटमा कसेर झन् माया पस्किने
तैपनि आफू भोको छु, तैपनि आफू भोको छु
कहिल्यै नभन्ने, हो, कहिल्यै नभन्ने

यति छ आँसु पुछाउनी, सम्झाउने बिर्साउने
हो, सम्झाउने बिर्साउने
गाउँको खबर के भन्नु? यस्तै कहानी
जोधौँ राजधानी

जुवारीकोटको उध्र्यौनी, सम्झाउने बिर्साउने
हो, सम्झाउने बिर्साउने
हो, सम्झाउने बिर्साउने



Credits
Writer(s): Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link