K Bhayo Bhayo

नदेखूँ भन्छ, देखिरहन्छ यो नजरले
नसोचूँ भन्छ, सोचिरहन्छ यो दिमागले
नसम्झूँ भन्छ, सम्झिरहन्छ यो मनले
कहिले दिनमा आउँछे त कहिले रातमा आउँछे
कहिले गीतमा, कहिले सङ्गीतमा

के भयो, भयो तिमीलाई देखेपछि, लौ न
के भयो, भयो तिमीलाई भेटेपछि, लौ न
ओ, रङ्गिएँ म तिम्रो अधरमा
अल्झिएँ म तिम्रो नजरमा, तिम्रो नजरमा
के भयो, भयो तिमीलाई देखेपछि, लौ न

आँखाभरि तिमीलाई राखिरहन पाऊँ
भन्छ मेरो ढुकढुकीले तिम्रै गीत गाऊँ
आँखाभरि तिमीलाई राखिरहन पाऊँ
भन्छ मेरो ढुकढुकीले तिम्रै गीत गाऊँ
दिउँसै सपना देख्न थालेँ म, तिम्रै चित्र लेख्न थालेँ म
दिउँसै सपना देख्न थालेँ म, तिम्रै चित्र लेख्न थालेँ म

किन हो यस्तो भो? लौ, भन

के भयो, भयो तिमीलाई देखेपछि, लौ न

मोतीजस्तो पानी थोपा अल्झिएको केश
सुनकेसरा रानी तिमी, कहाँ होला देश?
हो, मोतीजस्तो पानी थोपा अल्झिएको केश
सुनकेसरा रानी तिमी, कहाँ होला देश?
तिम्रै यादमा झुम्न थालेँ म, कल्पनामा रम्न थालेँ म
तिम्रै यादमा झुम्न थालेँ म, कल्पनामा रम्न थालेँ म

कहिले होला हाम्रो मिलन?

के भयो, भयो तिमीलाई देखेपछि, लौ न
के भयो, भयो तिमीलाई भेटेपछि, लौ न
ओ, रङ्गिएँ म तिम्रो अधरमा
अल्झिएँ म तिम्रो नजरमा, तिम्रो नजरमा
के भयो, भयो तिमीलाई देखेपछि, लौ न



Credits
Writer(s): Kiran Kharel, Chetan Sapkota
Lyrics powered by www.musixmatch.com

Link