Timi Geet Hau Ki

Friends?

तिमी गीत हौ कि कहानी हौ?
मेरै सुन्दर बिहानी हौ
तिमी गीत हौ कि कहानी हौ?
मेरै सुन्दर बिहानी हौ
लौ न, तिमी नै बताइदेऊ
लौ न, तिमी नै बताइदेऊ

तिमी सुर हौ कि सरगम हौ?
मेरै सुन्दर सङ्गीत हौ
तिमी सुर हौ कि सरगम हौ?
मेरै सुन्दर सङ्गीत हौ
लौ न, तिमी नै बताइदेऊ
लौ न, तिमी नै बताइदेऊ

तारिफ धेरै गऱ्यौ मेरै रूप हेरी
माया लाएजस्तो गरी बिर्सन्छौ कि फेरि?
हो, तारिफ धेरै गऱ्यौ मेरै रूप हेरी
माया लाएजस्तो गरी बिर्सन्छौ कि फेरि?
भरोसा हुँदै हुन्न अनौठो छ मान्छे
जता राम्रो उतै आँखा लगाउँछ मान्छे

कहाँबाट आयौ? फूलसरि मगमगाइदियौ
लौ न, तिमी नै बताइदेऊ

तिमी माया हौ कि मोहनी हौ?
लाग्छ मलाई सताउँछौ

दुनियाँ त्यस्तो हुन्न तिम्ले सोचेजस्तो
पाउँदैनन् सबले माया मनले रोजेजस्तो
ओ, दुनियाँ त्यस्तो हुन्न तिम्ले सोचेजस्तो
पाउँदैनन् सबले माया मनले रोजेजस्तो
आशा र विश्वास छ मलाई भने तिम्रै
जिन्दगी यो बिताउँछु म त तिमीसँगै

अलि-अलि गर्दै छेउ सर्दै मुस्कुराइदियौ
लौ न, तिमी नै बताइदेऊ

तिमी बादल हौ कि पागल हौ?
लाग्छ मलाई माया गर्छौ
तिमी बादल हौ कि पागल हौ?
लाग्छ मलाई माया गर्छौ
लौ न, तिमी नै बताइदेऊ
लौ न, तिमी नै बताइदेऊ



Credits
Writer(s): Kiran Kharel, Chetan Sapkota
Lyrics powered by www.musixmatch.com

Link