Thaha Chhaina Kun

थाहा छैन कुन मोडदेखि म एक्लै-एक्लै आउँदै छु
थाहा छैन कुन मोड हुँदै म कहाँ, कता जाँदै छु
यही यात्रा रे जिन्दगीको, जिन्दगी नै गुमाउँदै छु
थाहा छैन

पुग्नुपर्ने कहाँ छ र? फेरि पनि हिँडिरहेकै छु
व्यर्थैमा अल्मलिँदै आफैलाई अल्झाइरहेछु
कहीँ भुलेर म आफै अझै झुटो सपना सजाउँदै छु

थाहा छैन

छुट्टिनु त छँदै छ फेरि, यो आभास किन एक्लोपनको?
बिताउनु सायद रहेछ यो रित जीवनको
फेरि किन म जीवनको मोहमा एकोहोरो हराउँदै छु?

थाहा छैन कुन मोडदेखि म एक्लै-एक्लै आउँदै छु
थाहा छैन कुन मोड हुँदै म कहाँ, कता जाँदै छु
यही यात्रा रे जिन्दगीको, जिन्दगी नै गुमाउँदै छु
थाहा छैन

थाहा छैन
थाहा छैन



Credits
Writer(s): Prakash Gurung
Lyrics powered by www.musixmatch.com

Link