Yesai Gari

के सोच्थेउ होला मेरो कुरा
जब खुसि छौ तिमी अन्तै तिर
के बुझथ्यौ र भावना यो
मन् दुखाई हिडछौ अरु संग
यसै गरि तिमी मेरो माया मार्दै छौ
यो दुनियामा मलाई एक्लो पार्दै छौ
यसै गरि तिमी मेरो माया मार्दै छौ
यो दुनियामा मलाई एक्लो पार्दै छौ
म जाँदै छु फर्किने छैन
तिमी भन्दा टाढा

संगै होला न होला
तर माया अमर रहनेछ
समय फेरि नहोला
तिम्रो याद आउनेछ

दुखेको मुटु अझ दुखाई नदेउ
बिताएका पल भुलाउदै छु

तिमी बिना त जिवन मेरो
खालि हुनेछ
भाग्य हाम्रोे जस्तो लेखे पनि
खुसि भई बिताउनु है

जिवन गुम्सियेको छ
धेरै बाध्यता हरुमा
खुसि अल्झियको छ
टुटि गयो अन्त्यमा

दुखेको मुटु अझ दुखाई नदेउ
बिताएका पल भुलाउदै छु

तिमी बिना त जिवन मेरो
खालि हुनेछ
भाग्य हाम्रोे जस्तो लेखे पनि
खुसि भई बिताउनु है



Credits
Writer(s): The Surmount Nepal
Lyrics powered by www.musixmatch.com

Link