Sa Re Ga Ma Pa

नीलो सागर, नीलो आकाश
अटाएको छ आज मेरो अंगालोमा
मेरो अंगालोमा
सुनौलो किरण, इन्द्रेणी रङ्ग
सजिएको छ आज मेरो आँखामा
मेरो आँखामा

नाँचे छाल सित म, लेखे तिम्रो नाम बगरमा
लहरलाई छकाउदै
सागरी छालको अन्जान रागिनीसित
आज गुनगुनाए म
सा-रे-ग-म-प

छरिए म बादलसित
बतासमा मिसिए सुवास बनि
सुवास बनि

छहारासित झरे, छेके आवारा नदिलाई
बाधे किनारा बनि
छितिज छुन हिंडे खुशीहरु सित रमाई
आज गुनगुनाए म
सा-रे-ग-म-प



Credits
Writer(s): Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link