Aadha

मेरो अन्तस᳭ले मागेको साथ तिमी
मेरो भावले रोजेको शब्द तिमी
साकार तिमी हर सपनाहरूको मेरो
छाया तिमी मेरो हर चर्को घामको

उर्जा तिमी मेरो लत्रिने यो मनको
मरुभूमिमा बग्ने नदी तिमी मेरो

यो तिम्रो र मेरो साथ हो कस्तो
जन्म-जन्म पर्खिएको यात्रा हो जस्तो
साकार तिमी हर सपनाहरूको मेरो
छाया तिमी मेरो हर चर्को घामको

उर्जा तिमी मेरो लत्रिने यो मनको
मरुभूमिमा बग्ने नदी तिमी मेरो

सदियौँ बिछोडिएको अंश तिमी मेरो
आधा तिमी मेरो, आधा म तिम्रो

सदियौँ बिछोडिएको अंश तिमी मेरो
सदियौँ बिछोडिएको आधा तिमी मेरो
सदियौँ बिछोडिएको आधा म तिम्रो



Credits
Writer(s): Astha Tamang-maskey, Susan Maskey
Lyrics powered by www.musixmatch.com

Link