Pirati Aafy Hundo

पिरती आफै हुँदो रैछ
पिरती आफै हुँदो रैछ
तिमी कहाँ, म कहाँ, भेट हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ
अब तिमी आँखाबाट ओझेल नभइदेऊ
पिरती आफै हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ

तरुनी हुन् जादुवाली, मक्खै बनाउने
दाउ पारे भीरबाट ठेली लडाउने
तरुनीको टुनामुनादेखि होशियार
छड्के हेराइ, सुन्दर रूपदेखि होशियार
तरुनीको मन बुझ्न एकदम गाह्रो छ
पहाडमा चढ्नुभन्दा पनि साह्रो छ
फलामको चिउरा बरु चपाउन सकिन्छ
तरुनीको चाह बुझ्न एकदम कठिन छ

अब छोडी नजाऊ है मुटु मेरो लिएर
अब छोडी नजाऊ है मुटु मेरो लिएर
सम्झना मात्र बाँच्दछ आँसु, हाँसो पिएर
अब तिम्रो-हाम्रो एउटै प्राण हुन्छ
बादल-बर्खा साथ जस्तै कहिल्यै छुट्टिनेछैन

पिरती आफै हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ

Love is all about sacrifice
I wanna make you feel good and I'll make you feel nice
Friendship doesn't come without a price
Baby, gonna pay you twice, gonna pay you twice
Love, love, love, me, me, my-my sweet, sweet, baby
Sweeter than heaven
I'll rock and roll, win your life as promised
I'll take you to heaven and take you to Paris

दैवको लेखा यस्तै छ, कोही एक्लै हुँदैन
दैवको लेखा यस्तै छ, कोही एक्लै हुँदैन
कहीँ न कहीँ कसैको जीवनसाथी हुन्छ
जन्मेदेखि मरेसम्म कति कथा बन्दछ
पुरानो जति मायाप्रीति त्यति नयाँ हुन्छ

पिरती आफै हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ

तिम्रो-मेरो मायाको नयाँ चिनो बन्नेछ
तिम्रो-मेरो मायाको नयाँ चिनो बन्नेछ
अलिक तिम्रो, अलिक मेरो, एउटै रङ्ग हुन्छ
युग-युग दोहोरिने एउटै माया हुन्छ
सधैँ नयाँ जिन्दगीलाई नयाँ किरण हुन्छ

पिरती आफै हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ
तिमी कहाँ, म कहाँ, भेट हुँदो रैछ
पिरती आफै हुँदो रैछ
अब तिमी आँखाबाट ओझेल नभइदेऊ
पिरती आफै हुँदो रैछ
मुटु साँच्चै नै दुख्दो रैछ

पिरती आफै हुँदो रैछ
पिरती आफै हुँदो रैछ



Credits
Writer(s): Not Applicable
Lyrics powered by www.musixmatch.com

Link