Mann Saili

मन साईली तिमी स्वर्ग कि परी जस्ती
आ है नेपाली भेशैमा
मन साईली तिमी स्वर्ग कि परी जस्ती
आ है तामांगनी भेशैमा
आ है गुन्यु र चोलीमा

भेट हुने दिन आउदै छ हाम्रो
कुरेर बस्नु है
भेट हुने दिन आउदै छ हाम्रो
कुरेर बस्नु है
चिनो मायाको लिएर आउछु
म साइनो गाँस्नलाई
झन साईली तिमी गुराँसको फूल जस्तो
आ है शेर्पिनी भेशैमा
आ है आंगी र बख्खुमा
मन साईली तिमी चमेली फूल जस्तो
आ है नेवारी भेशैमा
आ है हाक्कु पाठासिमा

भो साईला भो
भुल्यो कसो बाचा बाधेको
भो साहिला भो
बिर्सेउ कस्सो गाउँको गोरेटो
चिठी र पत्र म कति कोरु
तिम्रो मन बुझाउन
चिठी र पत्र म कति कोरु
तिम्रो मन बुझाउन
नझार आँशु छुट्टीमा आउछु
तिमीलाई भेट्न
दिल साईली तिमी आकाशको जुन जस्तो
आ है गुरुङनी भेशैमा
आ है मखमली चोलीमा
दिल साईली तिमी कमलको फूल जस्तो
आ है किराँती भेशैमा
आ है शेर्पिनी भेशैमा
आ है नेवारी भेशैमा
आ है गुरुङनी भेशैमा
आ है तामांगनी भेशैमा
आ है नेपाली भेशैमा



Credits
Writer(s): Ashusen Lama
Lyrics powered by www.musixmatch.com

Link