Timro Mero Jeendagi

तिम्रो-मेरो जिन्दगानी, आँखाभरि पानी
मुटुभरि घाउ-घाउ, घाइते जवानी
तिम्रो-मेरो जिन्दगानी, आँखाभरि पानी
मुटुभरि घाउ-घाउ, घाइते जवानी
तिम्रो-मेरो जिन्दगानी...

खोलावारि, खोलापारि बाँचिरहेछौँ हामी
जता खोला उतैतिर भागिरहेछौँ हामी
खोलावारि, खोलापारि बाँचिरहेछौँ हामी
जता खोला उतैतिर भागिरहेछौँ हामी

सँगै हिँडिरहेका छौँ बिनाचिनाजानी
मुटुभरि घाउ-घाउ, घाइते जवानी
तिम्रो-मेरो जिन्दगानी...

भिरालोमा फुलिदियौ, टिप्नै सकिएन
तिमीबिना मर्न, बाँच्न पनि सकिएन
भिरालोमा फुलिदियौ, टिप्नै सकिएन
तिमीबिना मर्न, बाँच्न पनि सकिएन

माया गर्नु पनि हुँदो रैछ नादानी
मुटुभरि घाउ-घाउ, घाइते जवानी
तिम्रो-मेरो जिन्दगानी...

आकाशमा बादल रुन्छ, छाया धर्तीमा
यस्तो पनि हुँदो रैछ मायापिरतीमा
आकाशमा बादल रुन्छ, छाया धर्तीमा
यस्तो पनि हुँदो रैछ मायापिरतीमा

ईश्वरले पनि गर्दो रैछ बेइमानी
मुटुभरि घाउ-घाउ, घाइते जवानी

तिम्रो-मेरो जिन्दगानी, आँखाभरि पानी
मुटुभरि घाउ-घाउ, घाइते जवानी
तिम्रो-मेरो जिन्दगानी...



Credits
Lyrics powered by www.musixmatch.com

Link