Kina Mero

किन मेरो आँगनीमा तिम्रो बाटो पर्यो
छेकुँ भने तिमीलाई जूनघाम सर्यो
किन मेरो आँगनीमा तिम्रो बाटो पर्यो
छेकुँ भने तिमीलाई जूनघाम सर्यो
सागरकै बेग रोकें रोकिएन आँशु
तिर्सनाको प्यालासितै प्यास कति गाँसु
प्यास कति गाँसु
किन मेरो आँगनीमा

रिमिझिमी सपनीमा तिम्रै रुप बल्यो
रिमिझिमी सपनीमा तिम्रै रुप बल्यो
बिर्सुँ भने तिमीलाई जूनघाम सर्यो
बिर्सुँ भने तिमीलाई जूनघाम सर्यो
छातिभित्र आगो बल्छ बाडुलीमा ठेस
लाई माया बिझ्नुभन्दा नलाउनुमै बेस
नलाउनुमै बेस
किन मेरो आँगनीमा

किन मेरो कल्पनामै तिम्रै नाम पर्यो
किन मेरो कल्पनामै तिम्रै नाम पर्यो
भेटुँ भने तिमीलाई जूनघाम सर्यो
भेटुँ भने तिमीलाई जूनघाम सर्यो
कहिलेकाहीँ दुख्ने मुटु आफैंसित हुन्छ
रोकुँ भने कति गीत एकान्तले सुन्छ
एकान्तले सुन्छ

किन मेरो आँगनीमा तिम्रो बाटो पर्यो
छेकुँ भने तिमीलाई जूनघाम सर्यो
किन मेरो आँगनीमा तिम्रो बाटो पर्यो
छेकुँ भने तिमीलाई जूनघाम सर्यो
सागरकै बेग रोकें रोकिएन आँशु
तिर्सनाको प्यालासितै प्यास कति गाँसु
प्यास कति गाँसु
किन मेरो आँगनीमा



Credits
Lyrics powered by www.musixmatch.com

Link