Timile Bhneka

तिमीले भनेका सारा देव छोएर...

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?
यदि मान्छौ भने म तिम्रै देव भनेर
म त खाइदिन्छु कसम आफैलाई भाकेर
तिमीले भनेका सारा देव छोएर...

तारालाई साक्षी राखेर वाचा नै कहिले खाएथेँ?
पानीमा औँला चोपेर सन्धि नै कहिले गरेथेँ?
अनि बाध्यताको के कुरा? पाप-धर्मको के कुरा?
विश्वास गर भन्छौ भने अविश्वास नै कहिले गरेथेँ?

तिमीले भनेका सारा देव छोएर...

रातभर तिमी रोइदिँदा रोएथेँ म केहीबेर
केहीबेर तिमी हाँसिदिँदा हाँसेथेँ म धेरैबेर
अनि पौरुषताको के कुरा? चौडा छातीको के कुरा?
सुखमा हाँस भन्छौ भने दुःखमा कहिले रोएथेँ?

तिमीले भनेका सारा देव छोएर
म किरिया खान कहाँ सक्छु र?



Credits
Writer(s): Bishwombhar Pyakurel
Lyrics powered by www.musixmatch.com

Link