Har Raat Kaile Royera

हररात कहिले रोएर आँखा धमिलो नपारे
हर आस तिम्रो बिलाइजाला, ओझल नपारे, ओझल नपारे
हररात कहिले रोएर आँखा धमिलो नपारे
हर आस तिम्रो बिलाइजाला, ओझल नपारे, ओझल नपारे

वसन्तसँगै बहार पनि झमझम झुम्न नपाई
वसन्तसँगै बहार पनि झमझम झुम्न नपाई
फक्रेका फूल ओइलिँदै झरे मजा चुम्न नपाई

रत्तीभर व्यर्थै नशाको गति नचल्ने नपारे
हर आस तिम्रो बिलाइजाला, ओझल नपारे, ओझल नपारे

शायद कसैले तिम्रो दिल चोरी लैजाला
शायद कसैले तिम्रो दिल चोरी लैजाला
मनको इच्छा साउनको भेल बगाई लैजाला

मौलाइजाने प्रीतिको बस्ती उजाड नपारे
हर आस तिम्रो बिलाइजाला, ओझल नपारे, ओझल नपारे

हररात कहिले रोएर आँखा धमिलो नपारे
हर आस तिम्रो बिलाइजाला, ओझल नपारे, ओझल नपारे

ओझल नपारे, ओझल नपारे



Credits
Writer(s): Bhairab Natha Rimal
Lyrics powered by www.musixmatch.com

Link