Maya Ko Shaharma Aau

आऊ, मेरो प्रिय, आऊ, रहरमा आऊ
पर्खिबस्छु सागरझैँ, लहरमा आऊ
प्रतीक्षाका आँखा फुल्छन् तिम्रो बाटोभरि
सुस्त-सुस्त मायाको यो शहरमा आऊ
आऊ, मेरो प्रिय, आऊ

तिमीलाई नै लाउन भनी प्रीतिको फूल रोपेँ मैले
आँखाभरि राखौँ भनी आँसु सबै पोखेँ मैले
तिमीलाई नै लाउन भनी प्रीतिको फूल रोपेँ मैले
आँखाभरि राखौँ भनी आँसु सबै पोखेँ मैले

आऊ, मेरो प्रिय, आऊ, नजरमा आऊ
बहार बनी कोपिलाई अधरमा आऊ
प्रतीक्षाका आँखा फुल्छन् तिम्रो बाटोभरि
सुस्त-सुस्त मायाको यो शहरमा आऊ
आऊ, मेरो प्रिय, आऊ

तिमीलाई नै राख्न मनको मन्दिर खाली राखेकी छु
तिम्रै सम्झनामा सधैँ बत्ती बालिराखेकी छु
तिमीलाई नै राख्न मनको मन्दिर खाली राखेकी छु
तिम्रै सम्झनामा सधैँ बत्ती बालिराखेकी छु

आऊ, मेरो प्रिय, आऊ, हृदयमा आऊ
रूपको यो संसारमा शृङ्गारमा आऊ
प्रतीक्षाका आँखा फुल्छन् तिम्रो बाटोभरि
सुस्त-सुस्त मायाको यो शहरमा आऊ
आऊ, मेरो प्रिय, आऊ



Credits
Lyrics powered by www.musixmatch.com

Link