Ma Jindagi Kai Apabad Bhayen

म सुन्नै नसकिने आवाज भएँ, त्यसै-त्यसै बरबाद भएँ

आकाश बेग्लै, मेरो धर्ती छ बेग्लै, म यो जिन्दगीकै अपवाद भएँ

यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बत्ती मेरो रात छोपी
यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बत्ती मेरो रात छोपी

न बर्सन्छ पानी न लाग्छ डढेलो, म आफ्नै मुटुभित्र बल्झिरहेँ

म सुन्नै नसकिने आवाज भएँ, त्यसै-त्यसै बरबाद भएँ

मेरा हर बस्तीहरूमा रुन्छ आकाश
मेरा हर घुम्तीहरूमा रुन्छ विश्वास
मेरा हर बस्तीहरूमा रुन्छ आकाश
मेरा हर घुम्तीहरूमा रुन्छ विश्वास

म तितो कथामा, नमिठो व्यथामा, म यस्तै विवशतामा अल्झिरहेँ

म सुन्नै नसकिने आवाज भएँ, त्यसै-त्यसै बरबाद भएँ
आकाश बेग्लै, मेरो धर्ती छ बेग्लै, म यो जिन्दगीकै अपवाद भएँ
म सुन्नै नसकिने आवाज भएँ, त्यसै-त्यसै बरबाद भएँ

त्यसै-त्यसै बरबाद भएँ
त्यसै-त्यसै बरबाद भएँ

Credits
Lyrics powered by www.musixmatch.com

Link