Bihana Utthne Bittikai

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँ-सधैँ 'नेपाल' लेख्न पाइयोस्
'नेपाल' लेख्न पाइयोस्
नेपाली श्रम र सीपको प्रवाह दिगन्त फैलियोस्
नेपाली श्रम र सीपको प्रवाह दिगन्त फैलियोस्
मलाई टेकी खुड्किलो यो देश माथि उक्लियोस्

"नेपालको म सन्तति" सगर्व भन्न पाइयोस्
सगर्व भन्न पाइयोस्
मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौँ
मलाई छैन चाहना, मरेर स्वर्गमा पुगौँ
छ कामना यही मेरो, बरु म नर्कमै परूँ

जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस्
नेपाली भन्न पाइयोस्
यो सूर्यचन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्
यो सूर्यचन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्
यहीँको जल अँजुलीभर निलेर मर्न पाइयोस्

स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्
यो शिर चढाउन पाइयोस्

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँ-सधैँ 'नेपाल' लेख्न पाइयोस्
'नेपाल' लेख्न पाइयोस्

'नेपाल' लेख्न पाइयोस्
'नेपाल' लेख्न पाइयोस्
'नेपाल' लेख्न पाइयोस्



Credits
Writer(s): Aalok Shree
Lyrics powered by www.musixmatch.com

Link