Maile Phool

मैले फूल जाँचि हेरेँ, मैले पत्थर जाँचि हेरेँ

कहिले फूलसँग, कहिले पत्थरसँग, सबैसँग बाँची हेरेँ

मैले फूल

कोमल सोची फूल छुँदा फूलैले काटिदियो
कोमल सोची फूल छुँदा फूलैले काटिदियो
बरु मेरो दुःख
बरु मेरो दुःख पत्थरले खुसीसँग साटिदियो

खुसी छरिँदा, गला भरिँदा कहिले फूलसँग, कहिले पत्थरसँग, सधैँ नै हाँसी हेरेँ
मैले फूल जाँचि हेरेँ, मैले पत्थर जाँचि हेरेँ
कहिले फूलसँग, कहिले पत्थरसँग, सबैसँग बाँची हेरेँ
मैले फूल

रहेनछ म जस्तो दुनियाँ, न म दुनियाँ जस्तो

महँगो यो संसारमा
महँगो यो संसारमा माया शब्द सबैभन्दा साह्रै सस्तो

दुनियाँको सार मिलाउनलाई कहिले फूलसँग, कहिले पत्थरसँग अरुझैँ नाची हेरेँ
मैले फूल जाँचि हेरेँ, मैले पत्थर जाँचि हेरेँ
कहिले फूलसँग, कहिले पत्थरसँग, सबैसँग बाँची हेरेँ
मैले फूल जाँचि हेरेँ, मैले पत्थर जाँचि हेरेँ
कहिले फूलसँग, कहिले पत्थरसँग, सबैसँग बाँची हेरेँ
मैले फूल

Credits
Writer(s): Durga Lamichhane
Lyrics powered by www.musixmatch.com

Link