Pareli Le

परेलीले यी आँसुका बूँद हुन्छ्यौ कि म जस्तै?

मबाट आँसु सापटी लग्यौ, रुन्छ्यौ कि म जस्तै?

पत्थरलाई मानिस ठानेँ उसैको मुटुको
पत्थरलाई मानिस ठानेँ उसैको मुटुको

ढुकढुकीभित्र हुन्छु कि भनी सुन्छ्यौ कि म जस्तै?
ढुकढुकीभित्र हुन्छु कि भनी सुन्छ्यौ कि म जस्तै?
परेलीले यी आँसुका बूँद हुन्छ्यौ कि म जस्तै?

तलाउनिर बसेर एक्लै अँधेरी रातमा
तलाउनिर बसेर एक्लै अँधेरी रातमा

निहुरेर तिमी पानीमा जून छुन्छ्यौ कि म जस्तै?
निहुरेर तिमी पानीमा जून छुन्छ्यौ कि म जस्तै?
परेलीले यी आँसुका बूँद हुन्छ्यौ कि म जस्तै?

शून्यता पनि ठानेर आफ्नै मान्छेको आकृति
शून्यता पनि ठानेर आफ्नै मान्छेको आकृति

अँगालो हालिरहेकी कतै हुन्छ्यौ कि म जस्तै?
अँगालो हालिरहेकी कतै हुन्छ्यौ कि म जस्तै?
परेलीले यी आँसुका बूँद हुन्छ्यौ कि म जस्तै?

Credits
Writer(s): Suresh Subedi
Lyrics powered by www.musixmatch.com

Link