Audaichhu

सम्झिन्छु, प्रियसी, केवल तिमीलाई
हँसिलो मुहार अनि न्यानो तिम्रो स्पर्श
तड्पिँदै छु म सम्झीसम्झी, मिलनका ती दिन सम्झेर
बस्दै छु म कल्पीकल्पी, तिमीलाई भेट्ने दिन गनेर

त्यसैले आउँदै छु
त्यसैले आउँदै छु
तिमीलाई भेट्न, मनका कुरा साट्न
प्रियसी, तिमीसँग जीवन बिताउन
आउँदै छु म

आतुर छु म सुनाउन मनका कुरा (कुरा)
तिमीलाई भेटी अँगालोमा बाँधी
खुशी तिमी, जीवन तिमी नै मेरो (तिमी नै मेरो)
हाँसो तिमी, सहारा तिमी नै मेरो (मेरो)

त्यसैले आउँदै छु
त्यसैले आउँदै छु
पहाडको देशैमा, गुराँस फुल्ने ठाउँमा
रमाउन, तिमीसँगै जीवन बिताउनलाई
आउँदै छु म

आशा छ, भरोसा छ, प्रियसी, तिमीलाई
साथ देऊ, प्रियसी, जीवनभर मलाई
हुनेछ जब हाम्रो मिलन, खुशीले झुम्छ जग सारा
देखेर हाम्रो प्रेमलाई गाउनेछन् गीत जूनतारा

त्यसैले आउँदै छु (त्यसैले आउँदै छु, त्यसैले आउँदै छु)
तिमीलाई भेट्न (त्यसैले आउँदै छु, त्यसैले आउँदै छु)

त्यसैले...

Credits
Lyrics powered by www.musixmatch.com

Link