Tungna Ko Dhunaima

टुङ्नाको धुनैमा
टुङ्नाको धुनैमा रमाउँदै हिँडेँ
टुङ्नाको धुनैमा रमाउँदै हिँडेँ, लैलै, पहाडे मै ठिटो
ए नि लैलै, नेपाली मै ठिटो
डम्फुको तालैमा नाच्दा, हजुर
डम्फुको तालैमा नाच्दा, हजुर, लैलै, मैच्याङ त झन् राम्रो
ए नि लैलै, मैच्याङ त झन् राम्रो

घाँसीमा जानेले
घाँसीमा जानेले, ए, ज्यान-घाँसै काट्यो
घाँसीमा जानेले ज्यान-घाँसै काट्यो, लैलै, खोलाको कायाजाल
ए नि लैलै, खोलाको कायाजाल
छिनाउँदा छिँद्ने रेसमी धागो
छिनाउँदा छिँद्ने रेसमी धागो, लैलै, नछिँदोस् मायाजाल
आ, लैलै, नछिँदोस् मायाजाल

लेखौँला गीत
लेखौँला गीत मायाको हाम्रो
लेखौँला गीत मायाको हाम्रो, लैलै, गुराँसको पातैमा
ए नि लैलै, गुराँसको पातैमा
नाचौँ न छमछमी कम्मर मर्काई
नाचौँ न छमछमी कम्मर मर्काई, लैलै, यो मेरो गीतैमा
आ, लैलै, यो मेरो गीतैमा

टुङ्नाको धुनैमा रमाउँदै हिँडेँ, लैलै, पहाडे मै ठिटो
ए नि लैलै, नेपाली मै ठिटो
डम्फुको तालैमा नाच्दा, हजुर, लैलै, मैच्याङ त झन् राम्रो
ए नि लैलै, मैच्याङ त झन् राम्रो

ए नि लैलै, नेपाली मै ठिटो
ए नि लैलै, पहाडे मै ठिटो



Credits
Lyrics powered by www.musixmatch.com

Link