Nari Purush (Nepali Classical)

नारी-पुरुष बराबरी भन्छन् सबै घरीघरी
छोरीले नै रुनुपर्ने किन धरधरी?
अझै किन भन्छौ, बाबा?
अझै किन भन्छौ, बाबा, दुवै बराबरी?
नारी-पुरुष बराबरी भन्छन् सबै घरीघरी
छोरीले नै रुनुपर्ने किन धरधरी?

अरू सबै इस्कुल जान्छन्, हामी जान्छौँ पँधेरीमा
सबै हाँस्छन् उज्यालोमा, हामी हुन्छौँ अँधेरीमा
अरू सबै इस्कुल जान्छन्, हामी जान्छौँ पँधेरीमा
सबै हाँस्छन् उज्यालोमा, हामी हुन्छौँ अँधेरीमा
न्याय दिन्छन् निमुखालाई कालो कोट लाएर
बिरामीको गर्छन् सेवा सेतो पहिरन भिरेर
मुहारमा ग्लानि हुन्न कहिल्यै रतिभर

नारी-पुरुष बराबरी भन्छन् सबै घरीघरी
छोरीले नै रुनुपर्ने किन धरधरी?

आकाशमा उड्छन् छोरी विमान उडाएर
अज्ञानीलाई शिक्षा दिन्छन् गुरुआमा बनेर
आकाशमा उड्छन् छोरी विमान उडाएर
अज्ञानीलाई शिक्षा दिन्छन् गुरुआमा बनेर
प्रहरी र सेना भई देशको लागि लड्छन्
हाँसीहाँसी उच्च शिखर, सगरमाथा, चढ्छन्
हामी कुनै पराई होइनौँ, तिम्रै बहिनी, छोरी

नारी-पुरुष बराबरी भन्छन् सबै घरीघरी
छोरीले नै रुनुपर्ने किन धरधरी?
अझै किन भन्छौ, बाबा?
अझै किन भन्छौ, बाबा, दुवै बराबरी?
नारी-पुरुष बराबरी भन्छन् सबै घरीघरी
छोरीले नै रुनुपर्ने किन धरधरी?



Credits
Writer(s): Dr. Bhola Rijal
Lyrics powered by www.musixmatch.com

Link