Wildfire (Dadhelo)

डढेलो लाग्यो त्यो पारि डाँडा साँझतिर
लौ है, फेरि मनमा मेरो लाग्यो पीर
बतासमा फैलियो आगो सररर
यादहरू तिम्रो फर्केर आयो झललल

बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन
बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन

चारैतिर अँध्यारो नै, अँध्यारो नै छ
आजसम्म सपनाहरू अधूरो नै छ
कसरी बुझाऊँ यो नबुझ्ने रहरहरू?
दिन र रातझैँ कहिल्यै नमिल्ने सपनाहरू

बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन
बुझाइदेऊ न जलिराने यो मन
पक्डिदेऊ न उडिराने यो मन



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link