Rail Garee

दार्जिलिङको रेलगाडी 'छुक-छुक' गर्दै अगि बढी
बूढापाखा, यौवन, सबैलाई समेटी हिँडी
बितिसके कति जीवन, आयो फर्की कति
अघि बढेछौ है तिमी, रुक्ने न कहिले पनि
संसार म छाडी आएँ, तिमीजस्तै हैन, अर्को है

बतासे डाँडा काटेर आयो है फेरि फर्केर
इन्जिन धुवाँ उडाई, 'कु-कु' गरी सिटी बजाई
संसारको भीडमा आज भागेछु मो आज
तिम्रो र मेरो माझ पुरानो यो बन्धन अझ
लैजाऊ मलाई तिमीसँगै, जिउन यहाँ गाह्रो भयो है

कु-कु...
कु-कु...
कु-कु...
आ-हा-हा...

दुई दिनको जिन्दगानी, मर्नेछौँ है सबै हामी
जिउनेछु म माया नमारी, आहा
मनभरि माया बोकी, सम्झन्छु म घरीघरी
गर्न अझ कति धेरै

तर टाढा त जानु छ मलाई, संसार जित्नु छ मलाई
नसक्ने केही नरैछन् है, हो-हो
तिम्रो साथ भएदेखि, तिम्ले हात थामेदेखि
संसार म जितिदिन्छु, आकाश म चुमिदिन्छु

हरियाली-हरियाली, चारैतिर हरियाली
जतातिरै हेर, भरिएको चियाबारी
उकाली र ओराली गर्दै आयौँ डाँडा काटी
कहिलेकाहीँ तिमी सम्झी याद आउँछ बेसरी
हिँडेछु त्यो पारि, चढेर म रेलगाडी

कु-कु...
कु-कु...

(कु-कु...) रेलगाडी, रेलगाडी, चढेर है जानेछु मो रेलगाडी, रेलगाडी
(कु-कु...) रेलगाडी, रेलगाडी, चढेर है जानेछु मो रेलगाडी, रेलगाडी
(कु-कु...) रेलगाडी, रेलगाडी, रेलगाडी, आ-हा-हा...



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link