Junkeri

आकाशैमा तारा, जुनेली रात
कलकल खोला बगेको
तिमी र म बसी हेरिरहे
जुनकेरी नाचेको

आसैआसमा
हिँडिरहेछु म अझ
पाउन यहाँ के छ र?
भागी जाऊँ तिमी र म

संसारको रीत यस्तै नै हो
सबै छाडी जाने नै हो
व्यर्थको कुरामा अल्झिबसी
जिन्दगी बिताउने पो हो

उड्न त मन लाग्छ
जाने त हो कता?
पाउन यहाँ के छ र?
छाडिराखी जाऊँ तिमी-म

हे-हे, आ-हा-हा

आजको यो रात फेरि मलाई
रहरले बिम्झायो
कल्पनाहरू मेरो आँखाभरि
जुनकेरी बनी छायो

यो मीठो रात यतै
बसिदे भए हुन्थ्यो, आहा
बिहानी आउनुअगि
भागी जाऊँ तिमी र म

तिमी-म



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link