Nau Lakhey Tara

आकाशभरि नौलाखे तारा
आकाशभरि नौलाखे तारा
झलल बलिरहेछौ है तिमी कति टाढा

सुनसान छ यहाँ चारैतिर
सुनसान छ यहाँ चारैतिर
त्यो पारि गाँवैमा बिजुली बत्ती जलेछ

झलल-लल-लल-लल-लल-लल
झलल-लल-ललल-लल

हावा चल्यो यहाँ सरर
हावा चल्यो यहाँ सरर
सरर हावा चल्यो, हल्लाइदियो पीपल रूख

रातकी रानी फुलेछ यहाँ
रातकी रानी फुलेछ यहाँ
मगमगे बास्ना चारैतिर छरिएछ जहाँ

जीवन यसै बित्ने हो कि?
जीवन यसै बित्ने हो कि?
अधूरो जीवन यो, अधूरो बित्ने हो कि?

आकाशभरि नौलाखे तारा
आकाशभरि नौलाखे तारा
झलल बलिरहेछौ है तिमी कति टाढा

झलल-लल-लल-लल-लल-लल
झलल-लल-ललल-लल
झलल-लल-लल-लल-लल-लल
झलल-लल-ललल-लल
झलल-लल-ललल-लल-लल-लल
झलल-लल-ललल-लल



Credits
Writer(s): Bipul Chettri
Lyrics powered by www.musixmatch.com

Link