Badcha Beytha

बढ्छ व्यथा, दुख्छ मुटु आफ्नै मान्छे वैरी बन्दा

विश्वास गर्नेहरुले नै, विश्वास गर्नेहरुले नै
विश्वास गर्नेहरुले नै पाईलैपिच्छे खाडल खन्दा

ईश्वर मानी पुजेँ तिमीलाई, मायालाई मानेँ धर्म
हो, ईश्वर मानी पुजेँ तिमीलाई, मायालाई मानेँ धर्म
हाँसीहाँसी व्यथा सहेँ, को छ र बुझ्ने मर्म?
मुर्छा पर्दै ढल्ने गर्छु दुनियाँले धोकेबाज भन्दा
मायालाई मूल्य तोकी, मायालाई मूल्य तोकी
मायालाई मूल्य तोकी, हो, सुम्पाई साम यहाँ गन्दा

बढ्छ व्यथा, दुख्छ मुटु आफ्नै मान्छे वैरी बन्दा

कसो गरूँ? कता जाउँ? जिन्दगीको जटिल मोडमा
हो, कसो गरूँ? कता जाउँ? जिन्दगीको जटिल मोडमा
जोगी बनि हिँड्छु की म तिम्रो तिरस्कारको तोडमा
बहुलाउनु निको भन्छन् बुढापाका मर्नु भन्दा
मुसुराउँदै आऊ हेर्न, मुसुराउँदै आऊ हेर्न
मुसुराउँदै आऊ हेर्न चिता माथि म बल्दा

बढ्छ व्यथा, दुख्छ मुटु आफ्नै मान्छे वैरी बन्दा
विश्वास गर्नेहरुले नै, विश्वास गर्नेहरुले नै
विश्वास गर्नेहरुले नै पाईलैपिच्छे खाडल खन्दा
बढ्छ व्यथा, दुख्छ मुटु आफ्नै मान्छे वैरी बन्दा

Credits
Lyrics powered by www.musixmatch.com

Link