Jindagi Ko Prapti (Female Version)

जिन्दगीको प्राप्ति तिमी, तिमी नै मेरो जीत

जिन्दगीको प्राप्ति तिमी, तिमी नै मेरो जीत
सफल हुन्छ जीवन मेरो केवल, केवल तिमीसित
जिन्दगीको प्राप्ति तिमी, तिमी नै मेरो जीत

तिमी बिना सबै थोक लाग्छ अस्तित्वहीन
दिनको घाम अनि त्यो रातको जून
तिम्रो एक झलक पाए बिहानी मुस्कुराउँछ
मगमगाउँछ फूलबारी, यो धर्ती जगमगाउँछ

नयनमा तस्वीर तिम्रै, ओठमा तिम्रै गीत
सफल हुन्छ जीवन मेरो केवल, केवल तिमीसित
जिन्दगीको प्राप्ति तिमी, तिमी नै मेरो जीत

तिमी मेरो तीर्थ-व्रत, तिम्रै गर्छु जप-ध्यान
आशीर्वाद मलाई तिमी, तिमी नै वरदान
मेरो भन्नु केही छैन, सबै तिम्रै लागि
भर सिउँदो, आफ्नो बनाऊ, मेरो जीवन साथी

सञ्जीवनी बुटी मलाई तिम्रै चोखो प्रीत
सफल हुन्छ जीवन मेरो केवल, केवल तिमीसित
जिन्दगीको प्राप्ति तिमी, तिमी नै, hmm-hmm-hmm-hmm



Credits
Lyrics powered by www.musixmatch.com

Link