Gham Ko Chhaya

घामको छाया बगेको पानीको लहर
म त एक्लै खोलाको बगर
बन को छाया बनैको ओरपर हजुर
मनको छाया खसेको
बसेको कता हो देख्नै सकिन?

अल्झिबस्छ रंग लाली पहाडमा सझाभरी
माथि माथि पखेरोमा रोई हिद्छ डाँफे चरी
कति फुल्यो कति झर्यो यो पखामा सुनखरी?
कति मैले ऊन्नु भने एउटा माला हजुर
मनको धागो कसरि कसरि चुडेको बुन्नै सकिन?

दुइ दिनको जुनी मेरो सयौ घडी बितिसक्यो
मेरो आँखा पानी सित कति कोश बगी सक्यो?
कति चोटी मेरो छाती तरङ्गमा फैलिसक्यो?
एकै लहर लेखु भन्थे मैले पनि हजुर
मनको मसि मन बित्रै पोखेर सुकेर लेख्नै सकिन

घामको छाया बगेको पानीको लहर
म त एक्लै खोलाको बगर



Credits
Writer(s): Norden Rumba
Lyrics powered by www.musixmatch.com

Link