Tan Diye Mann Diye

तन दिएँ मन दिएको छु, खोजे माया दिन्छु म
पलपलको साथमा रोजे जीवन दिन्छु म

चाहना उनको थाहा छैन, भावना पोखेको होइन
माया लाग्छ घरीघरी, सक्दिन भुल्न केही गरी

तन दिएँ मन दिएको छु, खोजे माया दिन्छु म
पलपलको साथमा रोजे जीवन दिन्छु म

नशालु तिम्रो जोबनमा प्यासी बन्छु म
फक्रिएको फूल हौ तिमी, भमरा बन्छु म

न्यानो-न्यानो अँगालोमा तिमीलाई बाँध्न चाहन्छु
उन्मुक्त त्यो जवानी आत्मसात् गर्न चाहन्छु

तन दिएँ मन दिएको छु, खोजे माया दिन्छु म
पलपलको साथमा रोजे जीवन दिन्छु म



Credits
Writer(s): Naresh Dev Panta
Lyrics powered by www.musixmatch.com

Link