Siudoma Sindoorchha

सिउँदोमा सिन्दूर छ
हातमा चुरा छ
मनमा के छ है, भन न

सिउँदोमा सिन्दूर छ
हातमा चुरा छ
मनमा के छ है, भन न
पिरती, पिरती
पिरती, पिरती
पिरती, पिरती

नजानी रोजेथेँ पिरती तिम्रो नै, संसार भो आज मेरो
नजानी रोजेथेँ पिरती तिम्रो नै, संसार भो आज मेरो
नजान्दै आज मायाको सारा सरगम भो आज मेरो

मनमा माया छ
आँखामा छाया छ
पिरती जिन्दगी बनेछ
जिन्दगी, पिरती
पिरती, जिन्दगी
जिन्दगी, पिरती

पहाडको चट्टानझैँ, खोपेको शिलाझैँ लेखेको छु माया तिम्रो
पहाडको चट्टानझैँ, खोपेको शिलाझैँ लेखेको छु माया तिम्रो
सधैँ सुहागिन भएर बाँच्ने कामना छ सदा मेरो

यो रात मेरो हो
यो साथ तिम्रो हो
जिन्दगी घामछाया बिताउने
पिरती, पिरती
पिरती, पिरती
पिरती, पिरती

सिन्दूर यो मेरो, चुरा यो हातको वरदान भो मलाई तिम्रो
सिन्दूर यो मेरो, चुरा यो हातको वरदान भो मलाई तिम्रो
तिम्रो नै नाउँ, तिम्रो नै गाउँ, तिमी नै जीवन मेरो

गलामा पोते छ
कानमा झुम्का छ
गहना के हो र, चाहिन्न
चाहना, पिरती

सिउँदोमा सिन्दूर छ
हातमा चुरा छ
मनमा के छ है, भन न
पिरती, पिरती
पिरती, पिरती
पिरती, पिरती

पिरती, पिरती
पिरती, पिरती
पिरती, पिरती
पिरती, पिरती
पिरती, पिरती



Credits
Writer(s): Ranjeet Gazmer, Kusum Gajmer, Ranjeet Gajmer, Jitendra Baderva
Lyrics powered by www.musixmatch.com

Link