Mero Aasle Mero Bhagyale

मेरो आसले, मेरो भाग्यले पर, अझ पर
छोडिरहेछ मलाई, छोडीरहेछ मलाई
मेरो आसले, मेरो भाग्यले पर, अझ पर
छोडिरहेछ मलाई, छोडीरहेछ मलाई

म रातसँग रोएँ सीता बनी
म रातसँग रोएँ सीता बनी
म पात भई झरेँ पतझड बनी
यो जीवनी गीत म गाइरहेँ
तर सुन्नेले सुन्यो अबुझ बनी

मेरो आसले, मेरो भाग्यले पर, अझ पर
छोडिरहेछ मलाई, छोडीरहेछ मलाई

म हाँस्नेलाई हाँसो दिन पुगेँ
म हाँस्नेलाई हाँसो दिन पुगेँ
परीक्षामा उसको सामिल भई
त्यो प्यासीले तृष्णा मेटाइरह्यो
म रोएँ तर रुने एक्लै भएँ

मेरो आसले, मेरो भाग्यले पर, अझ पर
छोडिरहेछ मलाई, छोडीरहेछ मलाई

कहाँ जाऊँ म यो भुमरीमा?
कहाँ जाऊँ म यो भुमरीमा?
कसलाई सुनाऊँ बिलौना मेरो?
तयार सबै अन्धो भए
जग सारा मेरो बिरानो भए

मेरो आसले, मेरो भाग्यले पर, अझ पर
छोडिरहेछ मलाई, छोडीरहेछ मलाई

मेरो आसले•••



Credits
Writer(s): Ranjeet Gazmer, Kusum Gajmer, Ranjeet Gajmer, Jitendra Baderva
Lyrics powered by www.musixmatch.com

Link