Dukhiyako Chheu Ma Na Aau

दुखियाको छेउमा नआऊ, रीति रच्ने भगवान्
मेरो लागि चित्तैबाट हटिसक्यो तिम्रो नाउँ
माया गयो बिदा लिएर
बरै! फूलको साटो काँडा दिएर
बरै! फूलको साटो काँडा दिएर

जुहारी यो रन्काउने रोदीघरै खाली छ
पिरतीको चिनो भन्छन्, चौतारी झन् आधी छ
हिमालबाट गङ्गा झर्छिन्, पानी हैन, आँसु छ
जोरीपारी कुरा काट्छन्, ओठैभरि हाँसो छ
चरीहरू रनबन गीतै गाउन छाड्दिए
सुनैसुनको मन्दिरमा देउतै बस्न छाड्दिए

माया गयो बिदा लिएर
बरै! फूलको साटो काँडा दिएर
बरै! फूलको साटो काँडा दिएर

हृदयको आधार पनि फेदैदेखि भत्कियो
नजरको शृङ्गार थियो, आज सबै मेटियो
मेरो छेउ मायाको त छायासम्म पर्दैन
आँगनीमा पिरतीको फूल कहिले फुल्दैन
मेरो गयो जुनी अब, सम्झनाचाहिँ शेष छ
जता जाऊँ उतै ठेस, बिरानो यो देश छ

माया गयो बिदा लिएर
बरै! फूलको साटो काँडा दिएर
बरै! फूलको साटो काँडा दिएर

दुखियाको छेउमा नआऊ, रीति रच्ने भगवान्
मेरो लागि चित्तैबाट हटिसक्यो तिम्रो नाउँ
माया गयो बिदा लिएर
बरै! फूलको साटो काँडा दिएर
बरै! फूलको साटो काँडा दिएर



Credits
Lyrics powered by www.musixmatch.com

Link