Sunna Panni Chardai Ma

सुनपानी छर्दैमा चोखो हुन्न पिरती
हो, सुनपानी छर्दैमा चोखो हुन्न पिरती
सुनपानी छर्दैमा चोखो हुन्न पिरती
अत्तरले भर्दैमा अमृत हुन्न पिरती
अत्तरले भर्दैमा अमृत हुन्न पिरती

बुझ्ने कुरा हो
बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो
बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो

प्वाँखै काटिदिएपछि उड्ने कुरै हुन्न
उड्ने कुरै हुन्न
मनमा ताल्चा मारेपछि खोल्ने कुरै हुन्न
खोल्ने कुरै हुन्न
मूल बाटो हिँड्नेले गोरेटो चिन्दैन
आकाशतिर उड्नेले धर्तीलाई गन्दैन
धर्तीलाई गन्दैन

बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो
बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो

कोपिलामै फूल झरे फुल्ने कुरै हुन्न
फुल्ने कुरै हुन्न
मनमा घाउ लागेपछि मेट्ने कुरै हुन्न
मेट्ने कुरै हुन्न
जिन्दगी नै मैलियो भने फेर्ने कुरै हुन्न
माया फुल्नै छाड्यो भने हेर्ने कुरै हुन्न
हेर्ने कुरै हुन्न

बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो
बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो

सुनपानी छर्दैमा चोखो हुन्न पिरती
सुनपानी छर्दैमा चोखो हुन्न पिरती
अत्तरले भर्दैमा अमृत हुन्न पिरती
अत्तरले भर्दैमा अमृत हुन्न पिरती

बुझ्ने कुरा हो
बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो
बुझ्ने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो

जिन्दगी भनेकै जिउने कुरा हो
जिन्दगी भनेकै जिउने कुरा हो



Credits
Lyrics powered by www.musixmatch.com

Link