Ulto Bagyo Nadi

उल्टो बग्यो नदी आज मेरो सपनीमा, मेरो सपनीमा
उल्टो बग्यो नदी आज मेरो सपनीमा, मेरो सपनीमा
के-के हुन्छ कसलाई थाहा भोलि बिपनीमा?
के-के हुन्छ कसलाई थाहा भोलि बिपनीमा, भोलि बिपनीमा?
उल्टो बग्यो नदी आज मेरो सपनीमा, मेरो सपनीमा

विधाताको विधानलाई कसले फेर्न सक्छ?
विधाताको विधानलाई कसले फेर्न सक्छ?
बतासलाई छेकूँ भनी कसले छेक्न सक्छ?
लेखेको कुरा भइ नै हाल्छ, कसले टार्न सक्छ?
नमेटिने मसीलाई कसले मेट्न सक्छ? कसले मेट्न सक्छ?

उल्टो बग्यो नदी आज मेरो सपनीमा, मेरो सपनीमा

जिन्दगी नै दिनले गर्दा बदलिँदो रैछ
जिन्दगी नै दिनले गर्दा बदलिँदो रैछ
समयले मानिसलाई डोर्याइदिँदो रैछ
बगेपछि गयो-गयो, फर्कँदैन पानी
अगि आउने छालसँग जुध्नु जिन्दगानी, जुध्नु जिन्दगानी

उल्टो बग्यो नदी आज मेरो सपनीमा, मेरो सपनीमा
के-के हुन्छ कसलाई थाहा भोलि बिपनीमा?
के-के हुन्छ कसलाई थाहा भोलि बिपनीमा, भोलि बिपनीमा?
उल्टो बग्यो नदी आज मेरो सपनीमा, मेरो सपनीमा



Credits
Lyrics powered by www.musixmatch.com

Link