Bato Hidne Batuwale

बाटो हिँड्ने बटुवालाई
बाटो हिँड्ने बटुवालाई बास दिन सक्छौ, सक्दिनौ?
आँधी, हुरी, असिनाले चुट्दा ओत दिन सक्छौ, सक्दिनौ?
बाटो हिँड्ने बटुवालाई बास दिन सक्छौ, सक्दिनौ?
आँधी, हुरी, असिनाले चुट्दा ओत दिन सक्छौ, सक्दिनौ?
ओ साइँली, ओत दिन सक्छौ, सक्दिनौ?
बाटो हिँड्ने बटुवालाई...

सँगै-सँगै घाम तापौँ जुठेल्नोमा बिहान खस्दा
जिन्दगी हो, मन मिले के हुन्छ र प्रीति गाँस्दा?
ओ-ओ-ओ-ओ, सँगै-सँगै घाम तापौँ जुठेल्नोमा बिहान खस्दा
जिन्दगी हो, मन मिले के हुन्छ र प्रीति गाँस्दा?

ढिकी कुट्दा, जाँतो पिन्दा साथ दिन सक्छौ, सक्दिनौ?
ढिकी कुट्दा, जाँतो पिन्दा साथ दिन सक्छौ, सक्दिनौ?
मनमा पीरको काँडा बिझ्दा खिल झिक्दिन सक्छौ, सक्दिनौ?
ओ साइँली, खिल झिक्दिन सक्छौ, सक्दिनौ?
बाटो हिँड्ने बटुवालाई...

आम्खोरामा पानी सारी झर्के थालमा भात खाउँला
मरी लानु के नै छ र? जुगैजाने माया लाउँला
ओ-ओ-ओ-ओ, आम्खोरामा पानी सारी झर्के थालमा भात खाउँला
मरी लानु के नै छ र? जुगैजाने माया लाउँला

धुन दिन्छु तिमीलाई, गुनगुनाउन सक्छौ, सक्दिनौ?
धुन दिन्छु तिमीलाई, गुनगुनाउन सक्छौ, सक्दिनौ?
हाटबजारमा सोधे कसैले आफ्नो भन्न सक्छौ, सक्दिनौ?
ओ साइँली, आफ्नो भन्न सक्छौ, सक्दिनौ?

बाटो हिँड्ने बटुवालाई बास दिन सक्छौ, सक्दिनौ?
आँधी, हुरी, असिनाले चुट्दा ओत दिन सक्छौ, सक्दिनौ?
ओ साइँली, ओत दिन सक्छौ, सक्दिनौ?

ओ साइँली, ओत दिन सक्छौ, सक्दिनौ?
ओ साइँली, ओत दिन सक्छौ, सक्दिनौ?



Credits
Lyrics powered by www.musixmatch.com

Link