Herana Mero Aankhabata

हेर न मेरा आँखाबाट
कति सुन्दर संसार छ, कति सुन्दर संसार
कति सुन्दर संसार छ, कति सुन्दर संसार
बोल न मेरा भाकाबाट
कति मधुर झङ्कार छ, कति मधुर झङ्कार छ
कति मधुर झङ्कार छ, कति मधुर झङ्कार छ

माया नै मायाको मधुमास छ यहाँ
खुशी नै खुशीको बसोबास छ यहाँ

हेर न मेरा आँखाबाट
बोल न मेरा भाकाबाट

भन मलाई, मायालु, पागल भने हुन्छ
हामीले नपाको खुशियाली कुन छ?
हो, भन मलाई, मायालु, पागल भने हुन्छ
हामीले नपाको खुशियाली कुन छ?

अब भेट्न बाँकी ती तारा, त्यो जून छ
सके देऊ टिपेर, नसके ठिकै छ

माया नै मायाको मधुमास छ यहाँ
खुशी नै खुशीको बसोबास छ यहाँ

हेर न मेरा आँखाबाट
बोल न मेरा भाकाबाट

प्यारोभन्दा प्यारो तिम्रो साथ छ यहाँ
सुनौलो-सुनौलो दिनरात छ यहाँ
प्यारोभन्दा प्यारो तिम्रो साथ छ यहाँ
सुनौलो-सुनौलो दिनरात छ यहाँ

छरिएका चाहाना समेट्नु छ आजै
पिरतीको सिमाना भेट्नु छ आजै

माया नै मायाको मधुमास छ यहाँ
खुशी नै खुशीको बसोबास छ यहाँ

हेर न मेरा आँखाबाट
कति सुन्दर संसार छ, कति सुन्दर संसार
बोल न मेरा भाकाबाट
कति मधुर झङ्कार छ, कति मधुर झङ्कार छ



Credits
Writer(s): Mahesh Khadka
Lyrics powered by www.musixmatch.com

Link