Kun Hurile

कुन हुरीले कता उडाई कहाँकहाँ छुटेँ म?
गन्नै नसकिने घाउहरू कहाँकहाँ दुखेँ म?
कुन हुरीले कता उडाई कहाँकहाँ छुटेँ म?
गन्नै नसकिने घाउहरू कहाँकहाँ दुखेँ म?
कुन हुरीले कता उडाई

यस्तो लाग्छ कहिलेकाहीँ, "अझै ठूलो घाउ होस्
माया गर्ने निष्ठुरीको यही छातीमा पाउ होस् "
यस्तो लाग्छ कहिलेकाहीँ, "अझै ठूलो घाउ होस्
माया गर्ने निष्ठुरीको यही छातीमा पाउ होस् "

दिने माया सबै दिएँ तर कहाँ चुकेँ म?
गन्नै नसकिने घाउहरू कहाँकहाँ दुखेँ म?
कुन हुरीले कता उडाई

भन्नेहरु भन्छन् मलाई, "फलानो छ धेरै खुसी
साथीसँगी हजार-हजार, बाँच्ने खुबी कतिकति"
भन्नेहरु भन्छन् मलाई, "फलानो छ धेरै खुसी
साथीसँगी हजार-हजार, बाँच्ने खुबी कतिकति"

आफन्तकै न्यानो चोटले कहाँ-कहाँ टुटेँ
गन्नै नसकिने घाउहरू कहाँकहाँ दुखेँ म?
कुन हुरीले कता उडाई कहाँकहाँ छुटेँ म?
गन्नै नसकिने घाउहरू कहाँकहाँ दुखेँ म?
कुन हुरीले कता उडाई



Credits
Writer(s): Bhupendra Khadka
Lyrics powered by www.musixmatch.com

Link