Nabhaye Timi

नभए तिमी यो संसार
नभए तिमी यो संसार एक्लो एक्लो उराठ लाग्दछ
कसरी बिताउँ यो सारा जीवन
कसरी बिताउँ यो सारा जीवन, आफन्तको माझमा पराया झैं लाग्दछ
नभए तिमी यो संसार

बिछोडिनु पर्छ यहाँ सबैले कुनै न कुनै मोडमा
छोडिजानु पर्छ यहाँ सबैले कुनै न कुनै दिनमा
कुनै मोड बिनाको यो हाम्रो जीवन कसले किन बनाए झैं लाग्दछ
नभए तिमी यो संसार

रुनु नै पर्छ यहाँ सबैले कुनै न कुनै पीरमा
सहेरै बस्नुपर्छ यहाँ सबैले कुनै न कुनै आशामा
प्राप्ति बिनाको यो हाम्रो जीवन कसले किन बनाए झैं लाग्दछ
नभए तिमी यो संसार एक्लो एक्लो उराठ लाग्दछ
कसरी बिताउँ यो सारा जीवन, आफन्तको माझमा पराया झैं लाग्दछ
नभए तिमी यो संसार



Credits
Writer(s): Subash Gautam
Lyrics powered by www.musixmatch.com

Link