Visa Party Song Tanka Timilsina

साथीभाइको भेट भाछ, मनभरि उमङ्ग छाको छ
साथीभाइको भेट भाछ, मनभरि उमङ्ग छाको छ
नखाऊ-नखाऊ भन्थिइन् माया, खाइदिएँ रौसी नि लाको छ

साथीसँग भेट भाछ, भेट भाछ, छमछमी नाच्नी हो
दुईदिने चोलाको जिन्दगी, भोलि कसलाई साँच्नी हो?
भोलि कसलाई साँच्नी हो? (भोलि कसलाई साँच्नी हो?)

आफ्नैपनको झ्याउरे गीत गाउँदै आइयो हतारमा
आफ्नैपनको झ्याउरे गीत गाउँदै आइयो हतारमा
आजै नाचौँ सँगीसाथी, भोलि त जानु छ कतारमा

थारु गाउँको संघारी, संघारी, अछामको छोरेटो
म भोलि गइहाल्छु, हे माया, नफेर्नू है गोरेटो
नफेर्नू है गोरेटो (नफेर्नू है गोरेटो)

सम्हालेर राख्नू जोबन, आउँला नि नौडाँडा काटेर
सम्हालेर राख्नू जोबन, आउँला नि नौडाँडा काटेर
ओठमा लाली, गुन्युचोलीमा बस्नू है दुईचुल्ठी बाटेर

पारि गाउँमा पुतली, पुतली, वारि गाउँ पुतले
रातीमा नहिड्नू, हे, माया, लैजाला नि भुतले
लैजाला नि भुतले (लैजाला नि भुतले)



Credits
Writer(s): Bhadra Oli, Rajesh Timilsina
Lyrics powered by www.musixmatch.com

Link